मोदीको लुम्बिनी भ्रमण : भारत र नेपालबीच भएका यस्ता छन् ६ बुँदे सम्झौता

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ ।

भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्य अनुसार लुम्बिनी भ्रमणका क्रममा आज दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो ।

प्रधानमन्त्रि मोदी आज लुम्बिनी भ्रमणको लागि नेपाल आएका हुन् ।  मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा र मोदीविच औपचारिक भेटवार्ता पनि भएको  छ ।

सम्झौताहरू :

१. बौद्ध दर्शन अध्ययनका लागि डा। अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्  र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता ।

२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र काठमाडौँ विश्वविद्यालय ९केयू० बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

४. काठमाडौँ विश्वविद्यालय र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासबीच सहयोगको सम्झौता ।

५. नेपालको काठमाडौँ विश्वविद्यालयर भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने ।

६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतलज जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता ।

You might also like
Comments
Loading...