म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत प्राप्त गरी विजयी भएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी भएकी हुन्हुर । अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० मत र नेकपा (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसको पिपला बुढाथोकीले तीन हजार १३९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए ।

गर्बुजा विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रोकासँग ८५ मतले पराजित भएका थिए ।गाउँपालिका अध्यक्षमा १२१ तथा उपाध्यक्षमा २१ मतान्तरले विजयी भएका हुने ।

१३ हजार २०१ मतदाता रहेको मालिकामा ६७ दशमलव ७६ प्रतिशत अर्थात् आठ हजार ९४६ मत खसेको जनाइएको छ ।मालिकामा ३७ पदका लागि १४७ चुनामी मैदानमा उत्रिएका थिए ।

७ वडा रहेको मालिकामा एमाले र कांग्रेसले ३-३ वडा तथा माओवादीले एक वडामा विजय प्राप्त गरेको छ ।

You might also like
Comments
Loading...