मनास्लु वर्ल्ड कलेजमा आयोजित वक्तृत्वकलाको उपाधि लक्ष्मी लामालाई

काठमाडौं । मनास्लु वर्ल्ड कलेज काठमाडौंमा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधि लक्ष्मी लामाले जितेकी छन् ।

कलेजसँगको सहकार्यमा युथ स्पिकर संस्थाद्वारा आयोजित प्रतियोगितामा द्वितीय निमछिरिङ लामा र तृतीय स्मिका तामाङ भएका छन् ।

विद्यार्थीमा अन्तर्निहित क्षमता प्रस्फुटन गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने उक्त अवसरमा बोल्दै प्रिन्सिपल राजन श्रेष्ठले बताए ।

You might also like
Comments
Loading...