नेकपा एमालेका  प्रथम अध्यक्ष मनमोहन अधिकारीको २३ औं स्मृति दिवस

काठमाडौं, बैशाख १३ । नेकपा एमालेका  प्रथम अध्यक्ष मनमोहन अधिकारीको २३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
मनमोहन स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा अ‍ोलीलगायतका नेताहरुले मनमोहनको शालिकमा माल्यार्पण गरेका थिए ।

२०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान शुरु भएका थिए ।

जनमानसमा लोकप्रीय प्रधानमन्त्री मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

You might also like
Comments
Loading...