बालुवाटारमा मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी

काठमाडौं ।  मन्त्रिपरिषद्को आकस्मिक बसेको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवालेले बोलाएको आकस्मिक बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने स्रोतले जानकारी दिएको छ ।

आजै बिहान मात्रै बालुवाटारमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । लगत्तै मन्त्रिपरिषद्को बैठक बसेको हो ।

स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागको एआइजी नियुक्तिबारे पनि निर्णय हुन सक्ने सम्भावना रहेको बुझिएको छ ।मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने भए पनि कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपरेको अवस्थामा जुनसुकै बेला आकस्मिक बैठक बस्ने गर्छ ।

You might also like
Comments
Loading...