अन्तर्राष्ट्रिय मजदुर दिवसकाे अवसरमा प्रचण्डकाे शुभकामना सन्देश

काठमाडौं । अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन श्रमजीविलाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना  सन्देश दिंदै प्रचण्डले सो आग्रह गरेका हुन् ।
उनले संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पर्नु मजदुर एवम् श्रीमजीवि उत्पीडित समुदायको मुख्य कार्यभार भएको उल्लेख गरेका छन् ।

संविधानको पूर्ण कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तह निर्वाचनको संघारमा रहेको उल्लेख गर्दै प्रचण्डले आगामी दिनमा श्रमजीवि वर्गले स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि नेतृत्वदायी भूमिका खेल्न सकोस् भनेर शुभकामना पनि दिएका छन् ।

You might also like
Comments
Loading...