अहिलेसम्म ६ सय १७ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौं । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना हालसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मतपरिणाम आइसकेको छ ।

अन्तिम मतरिणाम सार्वजनिक भएको तथ्यांक अनुसार नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी भएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा नेकपा एकीकृत समाजवादी १४ वटा पालिकामा विजयी भएको छ ।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा)ले १८ स्थानीय तहमा विजयी हासिल गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी ७ ठाउँमा विजयी भएको छ । २३ गाउँपालिकामा अरु साना दल तथा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये नेपाली कांग्रेस ५२ ठाउँमा अगाडि छ। नेकपा एमाले २५ ठाउँमा अगाडि रहेको छ। त्यस्तै, माओवादी केन्द्र १०, जसपा १७, एकीकृत समाजवादी र लोसपाले ५-५ ठाउँमा अग्रता लिएका छन्।

एक महानगरपालिका र ३ उपमहानगरपालिकासहित ११ ठाउँमा स्वतन्त्र उम्मेदवार तथा साना दल अगाडि रहेका छन् ।

You might also like
Comments
Loading...