देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायु,भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले गर्दा आज देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

आज बिहान प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको रहेको छ । साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाउको छ।

शुक्रबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहने भएको छ । देशका बाँकी भू(भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

 

 

You might also like
Comments
Loading...