माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा

काठमाडाैं ।नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दए ।

शर्मा सञ्चार तथा सूचना प्रविधि, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा शपथ लिने उहाँले जानकारी दिए । श्रीपालीलाई पर्यटन राज्यमन्त्री तोकिएको छ ।

You might also like
Comments
Loading...