कार्यालय विस्तारका लागि सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले कार्यालय विस्तार र व्यवस्थित गर्नका लागि पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने र सक्नेले त्योभन्दा बढी पनि दिन सक्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा संरचना निर्माण र व्यवस्थित गर्नका लागि प्रदेश कमिटीहरूलाई १ महिनाभित्र रकम उठाइसक्न भनिएको ति नेताले बताए ।

त्यस्तै विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को विवाद मिलाउने जिम्मा दिइएको ति नेताले जानकारी दिए ।

महासचिवलगायत पदाधिकारी चयनको विषयमा माओवादीको विद्यार्थी संगठन क्रान्तिकारीमा विवाद छ । दाहालले दुवै पक्षलाई बोलाएर विवाद समाधान गर्ने बस्नेतको भनाइ थियो ।

You might also like
Comments
Loading...