लमजुङमा आफैँले पालेको राँगाले हान्दा मालिकको मृत्यु

काठमाडौं । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ ।

राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो ।

उनीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप घटना हुन नदिनका लागि प्रहरीले राँगा गोली हानेर मारेको छ ।

सो राँगोले केही दिनअघिबाटै दिमाग ठीक नभएको सङ्केत गरे पनि आफैँले पालेको राँगोले केही नगर्ला भनेर राँगो समात्न जाँदा सो घटना हुन पुगेको स्थानीयवासीको भनाइ छ

You might also like
Comments
Loading...