जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा भागलिन नेपालबाट मोनिका थापा पुगिन् जर्मनीमा

काठमाडौं । ६५ औ जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जोन्टा क्लब अफ पोखराकी अध्यक्ष मोनिका थापा जर्मनीको ह्यामबर्गमा पुगेकी छन् । ।

चार दिन हुने अन्तरार्ष्ट्रिय सम्मेलनमा भाग लिन थापा जर्मनीको ह्यामबर्गमा पुगेकी हुन् । ।सम्मेलनमा झण्डै २७८५ अन्तरार्ष्ट्रिय जोन्टा सदस्यहरु सहभागीता रहेको छ । जोन्टा एक गैर नाफा मुलक संस्था हो

। यो संस्थाको सन्जाल बिश्वका ६७ वटा मुलुकमा फैलिएको छ । नेपालमा बिगत ३ बर्ष देखि स्वाथ्य , शिक्षा ,मानवाधिकार ,समानता र आर्थिक सशत्तिकरण , बालबिवाह र मानव बेचबिखन रोकथाम, लैङिगक हिंसा रोकथाम लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

जोन्टा अन्तरार्ष्ट्रिय संस्थाको भिजन महिलाहरूलाई सेवा र वकालत मार्फत विश्वव्यापी रुपमा सशक्तिकरण गराउनु हो ।

You might also like
Comments
Loading...