नबिल बैंक आइजे ग्लोबल म्यागेजिनको शीर्ष २० बैंकहरूको सूचीमा सूचीकृत

काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत IJ Global पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको exclusive league  तालिकामा सुचीकृत भएको छ ।

IJ Global Euromoney  संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ । IJ Global तथ्यांक ले ३२ हजार भन्दा बढी कारोबारहरू, २६ हजार परियोजनाहरू र २ हजार १०० कोषहरू समावेश गर्दछ, जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत शीर्ष कानुन फर्महरूको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशतको बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ ।

यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गर्दछ । वरियता लिग तालिकामा नबिल बैंक १४औँ स्थानमा छ, जुन G- SIB (Global Systemically Important Banks _ शीर्ष २० औँ मा पर्न सफल भएको छ ।

लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ । नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बैंकिङ साझेदारहरूमार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच व्यावसायिक बैंकिङ सेवा गर्दै आएको छ । नबिल बैंक देशमा पूर्वाधार लगानी ठूलो ऋण सिन्डिकेशन व्यवस्थामा अगाडि छ ।

निर्माणमा आधारित उद्योगहरू, जस्तै, सिमेन्ट र स्टिल कलकारखानाले नबिल बैंकबाट कर्जा लिइ चलेका उद्योगहरूबाट देशको कुल खपतको ५० प्रतिशत माग पूर्ति गर्दै आएको छ । जलविद्युत् क्षेत्रमा १ हजार ८०० मेगावाटसम्मको आन्तरिक जलविद्युत् उत्पादनमा अधिकतम नबिल बैंकको लगानी छ ।

त्यसैगरी नबिल बैंक निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि देशकै सबैभन्दा ठूलो ऋण सिण्डिकेशन व्यवस्थापनको एक महत्वपूर्ण हिस्सा पनि हो ।

You might also like
Comments
Loading...