नेचर सुपरमार्केटको चौथो शाखा मध्यबानेश्वर मीलनचोकमा

काठमाडौं । नेचर सुपर मार्केट प्रा.लि.को चौथो शाखा मध्य बानेश्वरस्थित मिलनचोकमा खुलेको छ । सुपर मार्केटको मंगलबार शिवरात्रिको दिन काठमाडौं महानगरपालिका वडा नं. ३१का वडा अध्यक्ष नारायणप्रसाद भण्डारी, कलाकार मिथिला शर्मा, दीपाश्री निरौला, जितु नेपाल लगायतले उद्घाटन गरेका हुन् ।

मध्ये बानेश्वर क्षेत्रमा सुविधासम्पन्न मार्टको आवश्यकता रहेको बताउँदै वडा अध्यक्ष भण्डारीले नेचर सुपर मार्केट सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गरे । बानेश्वर तथा आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष जनक धामीले जानकारी दिए । ‘खाद्यान्न, ग्रोसरी तथा दैनिक उपभोग्य सामान प्रालिले ग्राहकमाझ उपलब्ध गराउँदै आइरहेको छ,’ उनले भने ।

नेचरले छोटो समयमा ग्राहक तथा उपभोक्ताको विश्वास जित्न सफल हुँदै शाखा विस्तार अभियान तिब्र बनाउनु राम्रो पक्ष रहेको प्रालिका ब्राण्ड एम्बेस्डरसमेत रहेकी कलाकार निरौलाले बताइन् ।

काठमाडौंको मैतीदेवीमा मुख्य शाखा रहेको प्रा.लि.ले यस अगाडि काठमाडौंको नरेफाँट र भक्तपुरको बालकोटमा शाखा सञ्चालनमा ल्याइसकेको छ । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालन भइरहेको छ ।


‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार सेवा प्रदान गर्न सफल भएको अध्यक्ष धामीले बताए । शाखा उद्घाटनको अवसरमा एक महिनासम्म सामान खरिदमा ३ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने उनले जानकारी दिए ।

प्रा.लि.ले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ ।

You might also like
Comments
Loading...