नेपाल डेरी एसोसिएसनद्वारा दुग्ध दिवसको पूर्वसन्ध्यामा दूधपान तथा वक्तृत्वकला कार्यक्रम

काठमाडौं । नेपाल डेरी एसोसिएसन (एनडीए) ले दुग्ध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय दुग्ध विकास वोर्डको सहयोग, नेपाल डेरी एसोसिएशनको आयोजना एवं सरोकारवाला निकायहरुको संलग्नतामा ‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ वक्तृत्वकला प्रतियोगिता र दूधपान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम मनाल्सु वर्ड कलेज, प्राक्सिस इन्टरनेशनल एकाडेमी चुच्चेपाटि चावहिल काठमाडौं र चाँगुनारायण, भक्तपुरमा गरिएको छ ।

नेपाल डेरी एसोसिएसन वाग्मती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरेको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमूख आतिथि राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी अतिथिहरुमा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा, माहासचिव एवं कार्यक्रम संयोजक प्रल्हाद दाहाल, एन प्याव्सनका उपाध्यक्ष प्रबोध प्रभाकर रिजाललगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरु र विद्यार्थीहरुको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी करिब ५ सय जनालाई खिर र दूधपान गराइएको थियो । कार्यक्रमबारे प्रष्ट पार्दै नेपाल डेरी एसोसिएशनका अध्यक्ष सापकोटाले एसोसिएशनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए ।

त्यस्तै, एसोसिएसनका उपाध्यक्ष राजनप्रसाद दाहालले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै दूध तथा दुग्ध पदार्थ सेवन गर्दाको महत्व एवं एसोसिएशनको इतिहासको बारेमा स्पष्ट पारे ।

कार्यक्रममा निर्णायकद्वय माधव भुषाल र नारायणप्रसाद गौतमले निष्पक्षरुपमा बालबालिकाहरुको वक्तृत्वकलामा निर्णायकको भूमिकामा रहेका थिए ।

वक्तृत्वकला प्रतियोगितामा २४ वटा स्कूल सहभागी भएका थिए । सहभागी विद्यार्थीहरु मध्ये युनिभर्सल उच्च माध्यामिक विद्यालयकी छात्रा प्रेरणा बोहरा प्रथम, आस्था विद्या मन्दिर विद्यालयकी छात्रा अस्मिता राई दोस्रो, गोल्डेन गार्डेन एकेडेमीकी छात्रा प्रतिभा दनुवार तेस्रो स्थान हासिल गरेका छन् भने बाल विकास बोर्डिङ स्कुलका छात्र विरध्वज रेडी सान्त्वना भएको दाहाले जानकरी दिए ।

You might also like
Comments
Loading...