मध्यपुरथिमि–२ मा कांग्रेस, भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी

मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनले ९८८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनको प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश थापामगरले ८९४ मत प्राप्त गरेका छन् । वडासदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी भएका छन् । यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भएका हुन् ।

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखको उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले दुई हजार ७९९ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । भने प्रतिद्वन्द्वी एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार ११३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखतर्फ एमालेका उत्तरा नेपालले दुई हजार ४७० मतका साथ अग्रता कायम राखेका छन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले एक हजार ६५३ मत प्राप्त गरेको छ । मत गणना जारी रहेको मतगणनास्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले जानकारी दिएका छन् ।

त्यसैगरी भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी भएका छन् । भक्तपुर नपा वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी भएका छन् । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गरेकान छन्। मत गणना जारी छ ।

You might also like
Comments
Loading...