नेपालले भने : ‘संघ र प्रदेशको निर्वाचनपछि पनि गठबन्धन रहन्छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कुनै एक पार्टीले मात्र बहुमत नल्याउने भएकाले अहिलेको गठबन्धन आगामी दिनमा पनि कायमै रहने बताएका छन् । साथै नेपालले आगामी संघ र प्रदेशको निर्वाचन र त्यसपछि पनि गठबन्धन कायम रहने बताए ।

आइतबार समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको सम्पादहरूसँगको संवादमा उनले आगामी निर्वाचनमा कुनै एक पार्टीले मात्र बहुमत नल्याउने भएकाले अहिलेको गठबन्धन आगामी दिनमा पनि कायमै रहने बताएका हुन् ।

अध्यक्ष नेपालले गठबन्धनभित्र संघ र प्रदेशको निर्वाचन मंसिर महिनालाई आधार बनाएर कुराकानी भइरहेको भन्दै सिट संख्याको टुंगो लाउने विषयमा छलफल भइरहेको बताए ।

स्थानीय चुनावबाट गठबन्धनले सिट बाँडफाँटमा ढिलाइ गर्न नहुने पाठ सिकाएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धनका दलबीच सिट बाँडफाँटमा ढिलाइ गर्न नहुने बताए ।

साथै नेपालले गठबन्धनकै कारण पोखरा महागर र हेटौडा उपमहानगर जित्न सफल भएको पनि बताए ।मतपत्र बदर नभएको भए काठमाडौं महानगर, तुलसीपुर र इटहरी उपमहानगरको उपमेयर जित्न सक्ने अवस्था रहेको उनको भनाइ थियो । यद्यपी उनले गठबन्धनको बलमा चुनाव जित्ने सोचाइ त्याग्न पार्टीका नेता-कार्यकतालाई सुझाव दिँदै आफ्नौ खुट्टामा उभिनुपर्नेमा जोड दिए ।

उनले स्थानीय चुनावको तुष पालेर नकारात्मक धारणा बनाउन आवश्यक नरहेको उल्लेख गरे ।

You might also like
Comments
Loading...