राष्ट्र बैंकले पुनः २५ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार दिउँसो ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति असार ७ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् भने बिक्री गरिने कुल ट्रेजरीहरु मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार सो दिन बिक्री हुने कुल २५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी मध्येमा पुरानो नविकरण अन्तर्गत २० अर्ब ५३ करोड र नयाँ पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।

यसअघि राष्ट्र बैंकले जेठ ३० गते २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

You might also like
Comments
Loading...