घरेलु मैदानमै नेपाल युगान्डासँग ६ विकेटले पराजित

नेपाली महिला क्रिकेट टिमले बिहीबार भएको खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको छैन् ।

पहिलो पटक घरेलु मैदानमा टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाली महिला क्रिकेट टिमले युगान्डासँग लगातार तेस्रो हार व्यहोरेको हो ।

यस हारपछि युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै आफ्नो पक्षमा पारेको छ ।यसअघि पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपाल १ रनले पराजित भएको थियो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

१०० रनको लक्ष्य पाएको युगाण्डाका लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२, जानेट एमबाबाजाईले २७ रन, रिता मुसामलीले ९ रन बनाइन् ।

केभिन र जानेटले गरेको ६६ रनको साझेदारी नै युगान्डाको जितको आधार बन्यो ।

You might also like
Comments
Loading...