नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन निर्देशन

फिर्ता नलिए उम्मेदवारपार्टीबाट स्वतः निष्कासित हुने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने कांग्रेसले चेतावनी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयलेआज प्रेस विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन निर्देशन दिएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहितको धारा ४ १३० ग बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

You might also like
Comments
Loading...