आज नेप्से २२.१२ अंकले घट्दा २ अर्बको कारोबार

काठमाडौं ।  बुधबार समान्य बढेको सेयर बजार बिहीबार भने फेरि घटेको छ ।

बुधबार ४ दशमलव ९७ अंकले बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार पुनः २२ दशमलव १२ अंकले घटेको छ ।आज नेप्से २२ दशमलव १२ अंकले घटेर २ हजार ९४ दशमलव ५४ अंकमा पुगेर बन्द भएको छ ।

त्यस्तै, बिहीबार २५७ कम्पनीका ३९ हजार ६४२ वटा कारोबारबाट ५८ लाख ९८ हजार ९ सय ३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार १ सय ६१ रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से घटेपनि कारोबार भने विहीबार बढेको छ ।

आज १९ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने ३ को स्थिर रहृयो ।बिहीबार कारोबार रकमका आधारमा स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया बैंक, आईएमई जनरल इन्स्योरेन्स, अपी पावर र चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।

सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एनआईसी एसिया बैङ्कको ५ करोड ५० लाख ४० हजार र आईएमई जनरल इन्स्योरेन्सको ४ करोड ९१ लाखको कारोबार भएको छ ।

 

You might also like
Comments
Loading...