नेप्सेमा नेरुडे लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता दुई कम्पनीको सेयर सूचिकृत भएको छ ।

नेप्सेमा यो साता नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो।

नेरुडे लघुवित्तको १० लाख ६१ हजार २२४.२६ कित्ता सेयर र सिद्धार्थ इन्स्योरेन्सको १६ लाख ८० हजार कित्ता सेयर सूचीकृत भएको छ।

सिद्धार्थ इन्स्योरेन्सको सम्पन्न साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १६ लाख ८० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

You might also like
Comments
Loading...