ब्राजिलका लागि राजदूतमा निर्मलराज काफ्ले नियुक्त

काठमाडौं । संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्लेलाई आज नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

You might also like
Comments
Loading...