भूमि आयोग र स्थानीय तहबीच सहकार्य

 

काठमाडौं । भूमिहीनलाई भूमि उपलब्ध गराउन र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्न कार्यक्रम शुभारम्भ गरिएको छ ।

राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच कार्यसहमतिपत्रमा हस्तक्षर सम्पन्न भएसँगै कार्यक्रम शुभारम्भ भएको हो । हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाबाहेक अन्य १० स्थानीय तहले उक्त पत्रमा हस्तक्षर गरेका छन् ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको काम गरी भूमि उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिको आयोजनामा आइतबार चौतारामा कार्यक्रम गरिएको हो ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र स्थानीय तहका प्रमुख, अध्यक्ष/उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको उपस्थित कार्यपत्रमा हस्तक्षर भएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष झम्कप्रसाद पराजुलीले जानकारी दिए । सिन्धुपाल्चोकका भूमिहीन दलित, सुकुम्बासीलाई नियमानुसार जग्गा वितरण र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको व्यवस्थापन गराउन बाटो खुलेको उनले जानकारी दिए ।

कृषि र आवास निमार्णका लागि उक्त समुदायलाई जग्गा वितरण गर्ने कामको प्रक्रिया अघि बढेको पनि उनले बताए । जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी कति छन् भन्ने आयोगले तथ्यांक संकलन गर्न लागेको जनाइएको छ ।

 

You might also like
Comments
Loading...