अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

काठमाडौं ।  जापान भ्रमणमा रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कई बीच आज भेटवार्ता भएको छ ।

भेटमा लिवरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवं प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहभका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो ।

उक्त भेटवार्तामा नेपाल जापान सम्बन्धका विविध आयामका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहमा भ्रमणको आदानप्रदानदेखि स्थानीय सहर र नगरबीचको भगिनी सम्बन्धको विकास गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

यस्तै, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको थियो ।

You might also like
Comments
Loading...