नयाँबानेश्वरमा विभिन्न माग गर्दै सुकुम्बासीद्वारा प्रदर्शन

काठमाडौं । विभिन्न माग गर्दै सुकुम्बासीहरुले नयाँबानेश्वरमा  प्रदर्शन  गरेका छन् । तीनबुँदे माग राख्दे बानेश्वर क्षेत्रमा  संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले प्रदर्शन गरेका हुन् ।

उनीहरुले भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।

प्रदर्शन कारीहरुले स्थाई विकल्प बिना उठीवास बन्दगर, भूमि अभियान्तालाई लागेका झुटा मुद्दा तत्काल खारेज गर जस्ता प्ले कार्ड बोकेका थिए ।

 

 

 

You might also like
Comments
Loading...