सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज बसेको बैठकले गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको रास्वपाभित्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे मतभेद देखिएको थियो।

सोही विषयमा छलफल गर्न शनिबार राति अबेरसम्म बैठक बसेको थियो। आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

 

You might also like
Comments
Loading...