१२ स्वर्ण पदकसहित कुमुते च्याम्पियनसिपमा नेपाल च्याम्पियन

काठमाडौं । आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ ।

भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, दुई रजत र दुई कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको हो ।

स्वर्ण जित्न सफल खेलाडीहरूमा वर्षा केसी, झरना के सी, सुरोज राजबाहक, एन्जिला राई, शाहिल घले, सर्मिला वाइवा, पुष्पका लामा, वर्षा बुढामगर, साजन बल, सन्तोष श्रेष्ठ, एरिका गुरुङ छन् ।

यसैगरी, नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए । यस्तै रुपक श्रेष्ठ  र सम्मान मल्ल श्रेष्ठले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ र सञ्जय महर्जनले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न २७ जेठमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रशिक्षक चित्रप्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, सात महिला र नौ पुरुष गरी १६ खेलाडी, चार रेफ्री र एक अफिसियल गरी २३ सदस्य छन् ।

You might also like
Comments
Loading...