विपन्न दलित महिलालाई निःशुल्क बाख्रा वितरण

काठमाडौं । आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पुर्‍याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ ।

वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८र७९ मा विनियोजित रु चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ ।

“वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उनले भने, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठापाठी वडा कार्यालयले खरिद गर्नेछ । ती बाख्राका पाठापाठीहरू अर्का विपन्न परिवारलाई वितरण गर्छौँ ।”

यो प्रकृया निरन्तर चलाईने उनले बताए । बाख्रा वितरण कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख रणबहादुर महराले बाख्रापालन निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताए ।

You might also like
Comments
Loading...