एन आई सी एशियाको फ्लेक्सी फण्डको अइपिओ भाेलिदेखि खुला

 

काठमाडौं । एन आई सी एशिया फ्लेक्सी क्याप फण्डको आइपिओ  भाेलिदेखि सर्वसाधारणाकाेलागी  निष्काश तथा बिक्री खुुल्ला  हुने भएकाे छ ।

यही जेठ १९ बिहीबार देखि २४ गतेसम्म गते एन आई सी एशियाको फ्लेक्सी फण्डको अइपिओ खुला तथा विक्रि हुन लागेको हो ।

बुधबार पत्रकार सम्मेलन गरी करिब ८ करोड ५० लाख इकाइको आइपिओ खुला हुन लागेको एन आई सि एशिया क्यापिटलले जानकारी दिएको छ ।

यो एक बन्दमुखी योजना रहेको एन आई सि एशिया क्यापिटल  प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले बताए । साथै उनले क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गर्ने जानकारी दिए ।

जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई संख्या कोष प्रवर्धक एन आई सी एशिया बैंकलाई छुट्याइएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिने छ ।उक्त फण्डको अवधि ७ वर्ष रहेको छ ।

क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । क्यापिटलको उक्त फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा अषाढ २ गतेसम्म आवेदन दिने समय लम्बिने छ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् । एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

आइपिओ खरिदको लागि सि-आस्वा सेवामा सहभागि सम्पूर्ण बैक तथा वित्तिय र सिडिएस एण्ड क्लियरिगं लिमिटेडबाट मेरो शेयर मार्फत गर्न सकिने छ ।

You might also like
Comments
Loading...