नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा चाप्टरमा नयाँ कार्यसमिति

पोखरा । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा चाप्टरको अध्यक्षमा दीपकराज तिवारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा तेजप्रसाद अधिकारी, सचिवमा बद्रीनाथ पौडेल, कोषाध्यक्षमा छबिलाल पौडेल निर्वाचित भए ।

त्यस्तै सदस्यमा शिव सुवेदी, गोपाल पौडेल, मीनबहादुर जिसी, सरोज अधिकारी, टंक दाहाल, उमाकान्त बराल र मनोज भारती छन् ।

निबर्तमान अध्यक्ष केशव ढकालले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

You might also like
Comments
Loading...