निर्वाचन आयोगले भोली देखि मतपत्र ढुवानी सुरु गर्ने

काठमाडौं । निर्वाचन आयोगले भोली देखि मतपत्र ढुवानी सुरु गर्ने जनाएको छ ।

निर्वाचन आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्तकुरा जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मत पत्रको पनि छपाई जारी रहेको बताए ।वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी भएको छ’ प्रवक्ता पौडेलले भने ।
निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम पूरा गरेको छ ।उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाई सकिएको छ । निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।

 

You might also like
Comments
Loading...