बिहीबारदेखि राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जेठ ५ गते बिक्री गर्न लागेको छ ।राष्ट्र बैंकले बिहीबारदेखि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।

परिपक्व अवधि २ वर्ष रहेको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ । ऋणपत्र नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र अन्य संगठित संस्थाले खरिद गर्न पाउँनेछन् ।

यो ऋणपत्र धितो राखेर ऋण लिन र दिन पाइन्छ । ६र६ महिनामा ब्याजदर भुक्तानी पाइने उक्त ऋणपत्र खरिदका लागि अनलाइनबाटै आवेदन दिन सकिनेछ ।

राष्ट्र बैंकले जेठ र असारमा १ खर्ब रुपैयाँभन्दा बढी आन्तरिक ऋण संकलन गर्दैछ ।

You might also like
Comments
Loading...