कांग्रेसले संसद्लाई बन्धक बनाई स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद्लाई बन्धक बनाई स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको आरोप लगाएका छन् ।

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका सन्दर्भमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो आरोप लगाएका हुन् ।

संसद् विघटनपछि सर्वोच्च अदालतले पुनस्स्थापना गरी नयाँ सरकार गठनका सन्दर्भमा दिएको आदेशप्रति लक्षित गर्दै ओलीले भने, ‘संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो । काँग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो ।’

त्यस्तै ओलीले नेपाली कांग्रेसको षडयन्त्रले चरम उत्कर्ष रुपलिएको बताएका छन् । साथै कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देश हितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गरेको ओलीले आरोप समेत लगाए ।

ओलीले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि एमाले स्थापनाकालदेखि नै प्रतिबद्ध रहेको उल्लेख गरे ।

 

त्बनक स् केपी शर्मा ओली नेकपा एमाले

You might also like
Comments
Loading...