बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

काठमाडौं । बैंकिङ कसुर गरी फरार रहेका उपेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त जगातीको टोलीले मंगलबार घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुञ्जे बस्ने ३५ वर्षीय घिमिरे बस्दै आएका छन् । घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी रु दुई करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए ।

पक्राउ गरेर घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

You might also like
Comments
Loading...