‘चौथो साकोस शिखर गोष्ठी’को तयारी तिब्र, प्रविधि हस्तान्तरण मुख्य एजेन्डा

काठमाडौं । नेपालको बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को आयोजनामा ‘चौथो साकोस शिखर गोष्ठी-२०७९’ हुन भएको छ ।

यही जेठ २९ र ३० गते हुने उक्त सम्मेलनको तयारी तिब्र बनाइएको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिए ।
‘सहकारी अभियानको क्षेत्रमा यो शिखर सम्मेलन निकै प्रभावकारी हुुनेछ,’ पौडेलले भने । बचत अभियानमा अति आवश्यक विषय डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफमेसन र डिजिटल इन्क्लूजनलाई जोडेर प्रविधिमा नविनतम आयाममा कसरी जान सकिन्छ भन्ने विषयमा गोष्ठी केन्द्रित हुने बताइएको छ ।

नेफ्स्कूनसँगै संघीय मन्त्रालयको समेत आयोजना हुन लागेको कार्यक्रममा देशभरका बचत सहकारीका प्रतिनिधिहरु सहभागी हुनेछन् भने विदेशबाट पनि सहकारी अभियान्ताहरुको उपस्थिति रहने पौड््यालले जानकारी दिए ।

‘नवप्रवद्र्धन र वहश पैरवीका नयाँ क्षेत्रहरुमा पनि संघका क्रियाकलापलाई केन्द्रित गर्न कार्यपत्र तयारीका लागि समन्वय गरिरहेका छौं भने सिङ्गो बचत ऋण अभियानलाई संस्थागत, सुदृढीकरण, सबलीकरण र स्तरोन्नतीका साथै अगाडि बढाउन र नयाँ सम्भावनाका ढोकाहरु खोल्न साकोस शिखर गोष्ठी सफल रहने विश्वास लिएका छौं,’ पौडेलले भने ।

गोष्ठीमा ८ वटा ब्रेकआउट र २ वटा प्लेनरी सेसन हुनेछन् । एउटा सेसन नेफ्स्कुनको हुनेछ । श्रीलंका, बंगालादेश र भारत लगायत देशबाट प्रतिनिधिहरु गोष्ठीमा सहभागी हुनेछन् ।

‘प्रविधि हस्तान्तरणका विषयमा निर्णायक रुपमा गोष्ठीमा विस्तृत छलफल हुनेछ,’ उनले भने ।

You might also like
Comments
Loading...