भोलिदेखि काठमाडौंको फोहोर पुनः संकलन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर भोलिदेखि पुनः संकलन हुने भएको छ । महानगरले सूचना जारी गरी एक सातादेखि अवरुद्ध फोहोर संकलन बिहीबारदेखि पुनः शुरू हुने जानकारी दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले सूचना जारी गर्दै फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर संकलन हुने जानकरी दिएका छन् ।

जारी सूचनामा भनिएको छ‚ ‘मिति २०७९र०४र१२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईहरूको पायक पर्ने स्थानहरूमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म पुर्‍याई सुरक्षित रुपमा घरभित्र राखिएका फोहोरमैला संकलन गर्ने कार्यमा सहयोग पुर्‍याइदिन हुन विनम्रताका साथ अनुरोध छ।’

फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडासम्म जाने सडक मर्मत गर्न भनी गत बिहीबारदेखि काठमाडौं महानगरसहित उपत्यकाका १८ स्थानीय तहको फोहोर संकलन रोकिएको थियो।

You might also like
Comments
Loading...