पोखरामा एकीकृत समाजवादीका धनराजकाे अग्रता कायम

पोखरा। कास्कीको अहिले पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता  कायम नै रहेकाे छ । अहिले सम्म  जारी मत गणनामा आचार्यले ४०४१ मत पाएका छन्

उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले ३६५७ मत पाएका छन् भने राप्रपाका शंकर खरालले ५०० र खडकराज पौडेल गनेसले २३२ मत पाएका छन् ।

उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले ४ हजार १९१ मत पाएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४१११ मत पाएकी छन् । राप्रपाकी रञ्जना सेनले ७६६ मत पाएकी छन् ।

 

You might also like
Comments
Loading...