पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यको अग्रता कायम


पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम नै रहेको छ ।

आचार्यले २० हजार ६६० मत गणना हुँदा आठ हजार ५६३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले सात हजार २७८ मत प्राप्त गरेका छन् ।

आज विहान सार्वजनिक गरिएको नतिजा अनुसार मेयरका उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले एक हजार २७ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५२६ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा नेपाली काँग्रेसकी कोपिला रानाभाटले आठ हजार ८७६ मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले आठ हजार २७१ मत प्राप्त गरेकी छन् ।

हालसम्म वडाहरु १,२,३,४,१२,२३ को पुर्ण नतिजा सार्वजानिक भईसकेको छ । वडा नं १ बाहेक अन्य वडामा काँग्रेसका उम्मेदवारले बिजय हाँसिल गरेका छन भने वडा २४,२५,२६ ,५ र १३ को मतगणना जारी छ ।

You might also like
Comments
Loading...