पोखरामा एक हजार ३९१ मतले धनराज आचार्यकाे अग्रता कायम नै

पोखरा / पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवाद का उम्मेदवार धनराज आचार्यले अग्रता कायम नै रहेको छ । पछिल्लो मत परिमाण अनुसा्र २१९६० मत गणना हुँदा उनले ९१६५ मत ल्याएका छन्।

त्यस्तै, उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७७७४ मत ल्याएका छन्।

त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ९४६१ मतसहित अग्रता कायम गरेकी छन्। एमालेका मञ्जुदेवी गुरूङले ८८३१ मत सहित पछ्याइरहेकी छन्।

You might also like
Comments
Loading...