पोखरा महानगरको मेयर समाजवादीले पाउनु स्वभाविक होः आचार्य

काठमाडौं । सत्ता पक्षीय गठबन्धन दलहरुबीच महानगर भागबण्डामा सहमति भएको छ । यसैक्रममा पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी)को पक्षमा परेको छ । बालुवाटारमा मंगलबार बसेको सत्तारुढ दलहरुको बैठकमा यस विषयमा सहमति भएको हो ।

पोखरा महानगरपालिका आफ्नो पार्टीको पक्षमा पर्नु स्वभाविक भएको एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले बताए । खबरसेवासँग कुरा गर्दै आचार्यले भने, ‘पोखरा महानगरपालिका हाम्रो पार्टीलाई पर्नु स्वभाविकै हो । अब हामी गठबन्धनदलहरुबीच सहकार्य गर्दै चुनावी जित्ने गरी अभियानमा होमिन्छौं ।’

महानगरमा चुनाव जित्ने उम्मेदवारलाई आफ्नो पार्टीले टिकट दिने विश्वाससमेत उनले व्यक्त गरे । ‘अब हाम्रो पार्टीले चुनाव जित्न सक्ने व्यक्तिलाई टिकट दिन्छ । सबै दलहरुले मिलेर, सहकार्य गरेर अगाडि बढ्दौं ।’

You might also like
Comments
Loading...