प्रधानमन्त्रीद्वारा गायक भीम पौडेलको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।

शुक्रबार प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत लोक गायक पौडेलको अल्पायुमै भएको दुःखद निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गरेका छन्। पौडल बिशेष गरी लाइभ दोहोरी मार्फत चर्तित रहेका थिए ।

दर्जनौँ लोक दोहोरी गीत गाएर चर्चित बनेका गायक पौडेलको स्याङ्जास्थित घरमै बिहीबार राति निधन भएको हो । उनको  पोखराको रामघाटमा हिन्दुपरम्परा अनुसार आज अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

परिवारका अनुसार उनी विगत दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका भएका पौडेलको रक्त अल्पताको कारण निधन भएको हो ।

You might also like
Comments
Loading...