पूजा इन्टरनेसनलले नक्सालमा सञ्चालनमा ल्यायो नयाँ सोरुम

काठमाडौं । नेपाल लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै पूजा इन्टरनेसनलले काठमाडौंको नक्सालमा ५ तारे अत्याधुनिक सुविधासम्पन्न सोरुम आजबाट सञ्चालनमा ल्याएको हो ।

कार्यक्रमा जर्मनीका राजदूत थामस प्रिज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन बहादुर कुँवर, विशाल अग्रवालको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमा बोल्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले भने ‘नक्सालमा जर्मनीको जस्तै अध्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी छौं । यो सोरुमले ग्राहकलाई फक्सवानको गाडी खरिद गर्न अझ सजिलो बनाउने छ ।’

उक्त सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि अकर्षक अफ पनि ल्याएको विजुक्छेले जानकारी दिए । उनका अनुसार दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकलाई फ्री सर्विसिङ र free consumables  पाउनेछन् ।

नेपालमा फक्सवानका १० भन्दा बढी र ९ वटा सर्विस सेन्टर सञ्चालनमा रहेका छन् ।

You might also like
Comments
Loading...