आत्मदाह गरेका आचार्यका परिवारलाई भेट्न पुगे गृहमन्त्री लामिछाने

काठमाडौं । मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ का परिवारलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भेट गरेका छन् ।

बर्न अस्पताल अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो ।उनका आफन्तले सरकारले सम्बोधन नगरेको भन्दै शव बझ्न मानेका थिएनन् ।

गृहमन्त्री लामिछाने अस्पताल पुुगेर परिवारलाई सान्तवना दिएपछि उनका आफन्तले शव जिम्मा लिएका हुन् ।अहिले शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पुर्‍याइएको छ ।

You might also like
Comments
Loading...