राप्रपाका राजेन्द्र लिङ्देनले बचाए गृहनगर, रवीन्द्रप्रसाद लिङ्देन विजयी

काठमाडौं । हल्दीवारी गाउँपालिका राप्रपाले जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहनगर हल्दीवारी गाउँपालिका अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्रप्रसाद लिङ्देन विजयी भएका छन् ।

लिङ्देन दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । लिङ्देनका निकटतम प्रतिस्पर्धी एमालेका डम्बर बहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरे ।

भने काँग्रेस तेस्रो स्थानमा छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विजयी लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे । उनी ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि अध्यक्ष पदम विजयी भएका थिए ।

उपाध्यक्षमा पनि राप्रपा नै विजयी भयो । पार्टी उम्मेदवार लक्ष्मीदेवी मैनालीले ५ हजार ७८ मत प्राप्त गरिन् । दोस्रो स्थानमा रहेकी एमाले नेतृ शान्तदेवी गौतमले ४ हजार १०६ मत प्राप्त गरिन् ।

You might also like
Comments
Loading...