राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि आवासीय राजदूत नियुक्त गरेका हुन् । उनले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि आज राजदूत नियुक्त गरको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालको संविधानबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरिएको हो ।

You might also like
Comments
Loading...