ऋतु कँडेलको ‘कहाँ हो तिम्रो मावल ?’ रोइला लोकगीत सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका ऋतु कँडेलले ‘कहाँ हो तिम्रो मावल ?’ बोलको रोइला लोक गीत सार्वजनिक गरेकी छन् । बुधबार उनले आफ्नै युट्युव च्यानल ऋतु कँडेलमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा ऋतु कँडेलसँगै र गायक शिरिष देवकोटाको स्वर छ । शब्द तथा संगीत पनि शिरिष देवकोटाको नै हो ।

गीतको भ्युजिक भिडियोको निर्देशन काजी श्रेष्ठको गरेका छन् भने अभिनयमा अञ्जली अधिकारी र लोमस शर्मालाई अग्रभावमा देख्न सकिन्छ ।

क्यामरा मेनमा अजय रेग्मीले साथ दिएका छन् भने भिडियो सम्पादन दीपक विष्टले गरेका हुन् ।

 

मौलिक शब्दहरुलाई समेटिएर सार्वजनिक भएको रोइला गीत धेरै दर्शक स्रोताको रोजाईमा पर्नेमा गायिक कँडेलले विश्वास व्यक्त गरिन् ।

You might also like
Comments
Loading...