साहारा ग्लोबल हस्पिटलले विक्री गर्‍यो ४५ प्रतिशत सेयर

काठमाडौं । साहारा ग्लोबल विजनेस ग्रुपअन्तर्गतको साहारा ग्लोबल हस्पिटल प्रालिको ४५ प्रतिशत सेयर बिक्री भएको छ ।

काठमाडौंको मध्य बानेश्वरमा सञ्चालनमा आउन लागेको हस्पिटलको सेयर बिक्री भएको बताइएको छ ।युवा व्यवसायी सुदर्शनराज शमाले एकल लगानीमा हस्पिटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

पछिल्लो समयको प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै सेयर बिक्री गर्नुपरेको शर्माले जानकारी दिए ।हस्पिटलको मुल्यांकन १५ करोड ६० लाख रुपैयाँ भएको र ४५ प्रतिशत अन्तर्गत ७ करोड २ लाख रुपैयाँको सेयर बिक्री भएको उनले बताए ।

सेयर बिक्रीका लागि मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ४५ दिनभित्र सेयर हस्तान्तरण हुने शर्माले जानकारी दिए ।

साहाला ग्लोबल बिजनेस ग्रुपले नै हस्पिटलको म्यानेजमेन्ट हेर्ने गरी आरआर ग्रुप र १३ जना वरिष्ठ स्वास्थ्यकर्मीलाई सेयर बिक्री भएको बताइएको छ । आगामी दसैंभित्रमा हस्पिटल सञ्चालनमा आउने शर्माले जानकारी दिए ।

 

You might also like
Comments
Loading...