समृद्धि फाइनान्सद्वारा पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण

काठमाडौं । समृद्धि फाइनान्सले पशुपति क्षेत्र विकास कोषलाई झोला सहयोग गरेको छ । फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषलाई ५ सय थान झोला सहयोग गरेको हो ।

सोमबार एक कार्यक्रमबीच कोषलाई झोला वितरण गरिएको हो । समय–समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरु गर्ने फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आइरहेको छ । जनकपुर, इटहरि र बनेपामा फाइनान्सले छिट्टै शाखा विस्तारको तयारी गरेको छ ।
You might also like
Comments
Loading...