समृद्धि फाइनान्सद्वारा RTGS सुबिधा मार्फत कारोबार

काठमाडौं ।  समृद्धि फाइनान्सले बुधबारदेखि Real Time Gross Settlement (RTGS) प्रणालीमा Direct Participant को रुपमा आबद्ध भइ कारोबार गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा RTGS सेवा संचालमा आएको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले मुद्धित निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

You might also like
Comments
Loading...